सडक छेउमै रहेको बिजुलीको पोलमा कार ठोक्कियो, एकको मृत्यु, ५ घाइते

बुटवल: पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फतर्फ आउँदै गरेको बा ८ च ६३९० नम्बरको कार सोमबार बिहान दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका अन्दाजी ३० बर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो । तीब्र गतिमा रहेको कार सडक छेउमा रहेको विद्युतको पोलमा ठोक्किदा गम्भीर घाइते भएका पाण्डेको बाणगंगा चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
कार दुर्घटना