शिक्षकको लिखित परिक्षा तीन चरणमा, ४० अंक ल्याउनैपर्ने
काठमाडौंः अब स्थायी शिक्षक हुनका लागि तीन चरणमा परिक्षा दिनुपर्ने भएको छ । गत असोज १३ गते संशोधन भएको शिक्षक सेवा आयोग नियमावली २०५७ (१० औं संशोधन) ले तीन चरणमा परिक्षा दिनुपर्ने व्यवस्था गरेको छ ।
जस अनुसार अब सामान्य परीक्षा– एक सय पूर्णाङ्क र विषयगत परीक्षा– एक सय पूर्णाङ्कको दिनुपर्ने व्यवस्था गरेको छ । यस्तै अन्तरवार्ता –२५ पूर्णाङ्कको व्यवस्था गरेको छ । शिक्षक सेवा आयोग नियमावलीको नियम १८ मा यि तीन चरण सबै उम्मेदवारहरुकोे लागि अनिवार्य गरेको छ ।
साथै नियमावलीको दशौ संशोधनले २५ पूर्णाङ्क प्रयोगात्मक परिक्षाको पनि व्यवस्था गरेको छ । तर प्रयोगात्मक परिक्षा सबैको लागि अनिवार्य छैन् । तर, विषयको प्रकृति हेरी आवश्यक ठानेमा आयोगले प्रयोगात्मक परीक्षा लिनेछ, भन्ने व्यवस्था नियमावलीमा प्रष्ट गरेको छ ।
शिक्षक स्थायी शिक्षक लिखित परिक्षा