बोक्साको आरोपमा स्थानीयले लगाए वडाध्यक्षलाई कालो मोसो र जुत्ताको माला
चितवन। चितवनको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई गत शनिबार स्थानीय मिलेर जबरजस्ती अनुहारमा कालो मोसो र जुत्ताको माला लगाएका छन।
स्थानीयले उनिमाथि कानुनद्वारा बर्जित कुरिति बोक्साको आरोप लगाउदै जुत्ताको माला र कालो मोसो दलेका हुन्। स्थानीय उत्तरकुमार गुरुङ र उनको समूहले प्रजालाई पहिलेदेखि नै दुर्व्यवहार गर्थे। नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्ष चुनिएका प्रजा त्यसलाई खासै वास्ता गर्दैनथे।
पहिलेदेखि नै अमानवीय व्यवहार गर्दै आइरहेका स्थानीयले आफूलाई कालो मोसो दलेको प्रजाले बताए। गुरूङको समूह लामो समयदेखि गाउँमा गुण्डागर्दी गर्दै आएको प्रजाको भनाइ छ। 'उत्तरकुमार गुरूङका बुवाले मलाई बोक्सोको आरोप लगाए,' ,'दिसा पिसाब समेत खुवाउने भन्दै थिए, पछि मैले प्रतिकार गरें' उनले भने
घटनामा संलग्न भएको भन्दै उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ।
चितवन जिल्ला प्रहरीका डिएसपी एकनारायण कोइरालाले अभियुक्तबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
पञ्चबहादुर प्रजा