वरिष्ठ नेता नेपाल र भारतीय राजदूतबीच भेटवर्ता

वरिष्ठ नेता नेपाल र भारतीय राजदूतबीच भेटवर्ता

काठमाडाैँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले आज नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरेका छन्।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारी रहनुभएका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गर्नुभएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जनाए ।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । दुई देशबीच अहिले सीमा विवाद उत्पन्न भएकाले कूटनीतिक र राजनीकिक तहबाट समाधानको पहल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई विशेषदूतका रुपमा पठाउने तयारी गर्नुभएको छ ।

संम्बधित खबर

विशेष