साताको पहिलो दिन सेयर बजारमा पेनिक सेल, आइतबार नेप्से १२.०५ अंकले घट्यो

काठमाडौं। साताकै पहिलो दिन आइतबार सेयर बजारमा पेनिक सेल भएको छ । बैंकिङ तरलता र अर्थतन्त्रका केही नकारात्मक सूचकले गर्दा शेयर बजारमा पेनिक सेल देखिएको हो ।
आज नेप्से १२.०५ अकंले घटेर ११२७.५३ अंकमा कायम भएको छ । पेनिक सेलकै कारण आइतबार सेयर बाजरमा उच्च गिरावट आएको छ ।
बजारमा बैंकिङ तरलताको समस्या कायमै छ। बैंकबाट शेयर कर्जा लिएर शेयर किन्न सक्ने अवस्था छैन। यसले गर्दा ठूला लगानीकर्ता बजारमा छैनन्। बजार थप घट्ने संकेत देखेर संगठित लगानीकर्ताले मूल्य माथि रहेका कम्पनीको शेयर बिक्री गर्न थालेपछि बजार थप पेनिक देखिएको छ।
बजार घट्न थालेपछि सक्रिय लगानीकर्ताले शेयर बेचेर भोलिका दिनमा थप घट्न सक्ने आँकलन गर्दै पैसा जोहो गर्न थालेको बजार विश्लेषकहरु बताउँछन्। सञ्चार मन्त्रीले नेपाल टेलिकमको शेयर सर्वसाधारणलाई बिक्री गर्ने भाषण गरेसँगै कम्पनीको शेयर पछिल्लो समय घटिरहेको छ।
धेरै शेयर पूँजी भएका कम्पनीहरुको बजार मूल्य पनि घटिरहेको छ। नेपाल टेलिकम तथा अपर तामाकोशी लगायतको शेयर मूल्य घट्दा सूचक पनि घटेको हो।
सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको एक करोड ४० लाख रुपैयाँको कारोबार भएको छ। राम्रो वित्तीय अवस्था सार्वजनिक गरेसँगै होटलको सूचक बढेको छ। होटल बाहेक सम्पुर्ण सूचक तथा उपसूचक ओरालो लागेको छ।
विजय लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै १.७६ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको सबैभन्दा धेरै ५.०४ प्रतिशतले मूल्य घटेको छ।
सेयर बजार