विदेश

सरस्वती पूजामा गएका भारतीय कांग्रेसका सांसदको गोली हानी हत्या

सरस्वती पूजामा गएका भारतीय कांग्रेसका सांसदको गोली हानी हत्या

सरस्वती पूजाको कार्यक्रममा सहभागी हुन गएका भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका एक जना सांसदको गोली हानी हत्या भएको छ । तृणमूल कांग्रेसका सांसद सत्यजित विश्वासको कार्यक्रमको क्रममा मञ्चमै गोली हानी हत्या गरिएको हो।

 

उनी श्रीमती र आफ्नी ७ वर्षीया छोरीका साथमा सरस्वती पूजाको एक कार्यक्रममा सहभागी हुन पुगका थिए । कार्यक्रमको समयमा उनी मञ्चबाट ओर्लन लागेका बेला उनलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।  उक्त घटनामा बन्दुक प्रहरीले बरामद गरेको छ । साथै आशंकका दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि सुरु गरेको भारतीय सञ्चार माध्यम आजतकको हिन्दी संस्करणले जनाएको छ ।

 

विश्वासको हत्याको घटनालाई लिएर राजनीति पनि सुरु भएको छ । तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई घटनाको आरोप लगाएको छ । तृणमूल कांग्रेस पार्टीका महासचिव पार्थो चटर्जीले घटनाबारे आरोप लगाउँदै बीजेपीलाई बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनी पनि दिएका छन् । भाजपाले भने तृणमूल कांग्रेसभित्रै चलिरहेको झगडाको कारणले घटना भएको र आपसी झगडाको नतिजा भएको बताएको छ । सत्यजित विश्वास कृष्णगञ्ज विधानसभा सिटबाट निर्वाचित सांसद हुन् ।

गोली हानी हत्या

विशेष