पूर्वयुवराज पारस अस्पतालबाट डिस्चार्ज
काठमाडौं । पूर्वयुवराज पारस शाह आज शुक्रबार डिस्चार्ज भएका छन् । हृदयघात भएर थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत शाह चार दिन पछि डिस्चार्ज भएका हुन् ।
मंगलबार पाटनको मन्दिर पूजा गरेर फर्किने क्रममा उनलाई हृदयघात भएको थियो । ७२ घण्टा आइसियूमा राखेपछि उनलाई सिससियूमा सारिएको थियो ।
अहिले उनको स्वास्थमा पुनः सुधार आइसकेको छ ।