News

मेलम्चीको नयाँ ठेक्का नगर्न चेतावनी

मेलम्चीको नयाँ ठेक्का नगर्न चेतावनी

काठमाडौं । सरकारले मेलम्चीको नयाँ ठेक्का गरे काम हुन नदिने मेलम्ची खानेपानी आयोजनापीडित संघर्ष समितिले चेतावनी दिएको छ । आइतबार गरेको पत्रकार सम्मेलनमा संघर्ष समितिले ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर शुचारु गर्न मागसमेत गरेको छ । 

 

समिति संयोजन श्रीराम न्यौपानेले नेपाली व्यवसायीको भुक्तानी नहुन्जेल अन्य नेपाली निर्माण कम्पनीलाई उक्त आयोजनाको ठेक्का प्रक्रियामा सहभागी नजनाउन पनि आग्रह गरे । उनले भने, ‘मेलम्ची विकास समितिलाई पनि भुक्तानीको टुंगो नलगाई अगाडि नबढ्न आग्रह गर्छु ।’ योजनाबाट नेपाली व्यवसायीको झन्डै डेढ अर्ब भुक्तानी नभएको गुनासो पोखे । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

मेलम्ची मेलम्ची खानेपानी आयोजनापीडित संघर्ष समिति

विशेष