आइसीसी र्‍याङ्किङः पारस खड्का ४०औं नम्बरमा   

आइसीसी र्‍याङ्किङः पारस खड्का ४०औं नम्बरमा   

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का आइसीसी वरियताको उत्कृष्ट ४० मा पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार प्रकाशित गरेको वरियतामा टी-२० अलराउण्डरको सूचीमा खड्का ४० औं नम्बरमा परेका हुन् । नेपालका अर्का अलराउण्डर सोमपाल कामी ५१ औं नम्बरमा छन् । 

 

यो सूचीको पहिलो नम्बरमा बंग्लादेशका सकिब अल हसन पहिलो नम्बरमा छन् भने दोस्रो नम्बरमा अफगानिस्तानका मोहम्मद नाबी छन् । खड्का उत्कृष्ट ब्याट्सम्यानको सूचीमा ९०औं नम्बरमा छन् । बलिङतर्फ सोमपाल कामी ७०औं र बसन्त रेग्मी ७१ औं स्थानमा छन् ।

पारस खड्का आइसीसी र्‍याङ्किङ

संम्बधित खबर

विशेष