राजा महेन्द्रका कारण पूर्वबडामहारानीको जन्मोत्सव यसपटक नमनाइने
काठमाडौं । सधै भव्यताका साथ मनाउने गरिएको पूर्व श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी शाहको जन्मोत्सव यसपटक नमनाइने भएको छ ।
फागुन ७ गते पर्ने उहाँको जन्मोत्सवका दिन यसपटक राजा महेन्द्रको श्राद्ध तिथि परेका कारण नमनाइने भएको हो । प्राप्त जानकारीअनुसार आफ्ना पिता राजा महेन्द्र र माता इन्द्र राज्यलक्ष्मीको श्राद्ध राजा ज्ञानेन्द्र आफैले गर्दै आउनु भएको छ । यसपटक उहाँहरुको बसाई झापाको दमकमा भएकोले दमकमै श्राद्ध गरिनेछ ।
यहि माघ १३ गते काठमाडौंबाट सिमरा पुग्नुभएका पूर्व श्री ५ हरु २३ गते झापा पुग्नु भएको हो । सिमरा पुगेपछि छोरा पूर्वयुवराज पारसलाई काठमाडौंमा हृदयघात भएकोले रानी कोमल सोही रात काठमाडौं आइ पुन केही दिनमा सिमरा फर्कनुभएको थियो ।
यो समाचार घटना र विचार साप्ताहिकबाट लिएका हौं ।