News समाज देश

आज जनयुद्ध, रेडियो र कन्डम दिवस मनाईदै

आज जनयुद्ध, रेडियो र कन्डम दिवस मनाईदै

काठमाडौं । फागुन १ गते अर्थात आजका दिन तीनवटा दिवस एकै पटक मनाइदैं छ । जनयुद्ध दिवस, विश्व रेडियो दिवस र विश्व कन्डम दिवस गरेर यी तीन दिवस आज मनाइनेछ । 

 

वि स २०५२ सालमा फागुन १ गतेको दिन माओवादी जनयुद्धको सुरुवात भएको थियो ।  यसको अवसरमा कम्युनिष्टहरूले आ आफ्नै हिसाबमा कार्यक्रम गरि उक्त दिवस मनाउने तयारी गरेका छन् । जनयुद्धको अन्त्य भएको एक दशक भन्दा बढी समय बितिसक्दा युद्ध थालेको माओवादी पार्टी भित्रै निकै फेरबदल आइसकेको छ ।जनयुद्धको घोषणा गरेका नेता डा.बाबुराम भट्टराई हाल माओवादी छोडेर नयाँ शक्तिमा छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जनयुद्ध दिवसको शुभकामना व्यक्त गर्दै यसको योगदानलाई नभुलन सुझाएका छन् । 

 

त्यस्तैगरि आज विश्व रेडियो दिवस पनि विभिन्न कार्यक्रम गरी मनाइदैं छ । संयुक्त राष्ट्रसंघको आद्यवानमा सन् २०१२ बाट रेडियो दिवस मनाउन सुरू गरिएको थियो । नेपालमा वि सं २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारणको सुरूवात भएको थियो । तर औपचारिक रूपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोको नाममा रेडियो सञ्चालन भएको हो । 

 

विश्व कण्डम दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैंछ । प्रत्येक वर्ष फेब्रुअरी १३ मा कण्डम दिवस मनाइन्छ । यौन रोग, एचआईभी एड्स तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमबारे सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइदैं आएको छ । हालै स्वास्थ्य सेवा विभागले २०१७ मा गरेको अनुसन्धान अनुसार देशमा कुल जनसंख्याको आठ प्रतिशतले मात्रै कन्डमको प्रयोग गर्ने गरेको पाइएको छ ।  
 

जनयुद्ध दिवस, विश्व रेडियो दिवस र विश्व कन्डम दिवस

विशेष