अख्तियार आयुक्त पाठकले घूस लिँदै गर्दाको भिडियो खिचेपछि...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक-पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ ।
एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा भएको अनियमितताबारे अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि छानबिन चलिरहेका बेला सम्बद्ध एक समूहले आफूमाथिको छानबिन रोक्न आयुक्त पाठकमार्फत अख्तियारमा सम्पर्क गर्यो।
त्यो समूहका व्यक्तिहरूले राजधानीको एक निजी कलेजका सञ्चालक राजबहादुर बञ्जारा (नाम परिवर्तन) मार्फत आयुक्त पाठकसग सम्पर्क गरे। पाठकको सुझावअनुसार बञ्जारा समूहले राजनारायणका भाइ शुभनारायण पाठकलाई पहिलो पटक भेटे र छानबिन रोक्न १५ लाख रुपैयाँ बुझाए। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनारायण पाठक