विश्वकै लामो केबलकार नेपाली व्यवसायीहरूको इक्विटी लगानीमा निर्माण हुँदै
काठमाडौं : पहिलोपटक नेपाली व्यवसायीहरूको इक्विटी लगानीमा विश्वकै लामो केबलकार निर्माणको लागि लगानी बोर्डले मुक्तिनाथ केबलकार प्रालिलाई अनुमाति प्रदान गरेको छ। विश्वकै सबैभन्दा लामो यात्रुबाहक केबुलकार रुपमा परिचित मुक्तिनाथ केबलकार परियोजनामा नेपाली व्यवसायीहरूको इक्विटी शेयर प्रक्रियामा लगानी गर्न आइडिया फर नेपाल प्रालि तयार भएको हो।
नेपालकै लामो केबलबार सञ्चालनका लागि आइडिया फर नेपालका निर्देशक शिरोमणि दवाडी र मुक्तिनाथ दर्शन प्रालिका प्रबन्ध सञ्चालक श्रीधर सापकोटाबीच कुल इक्विटीको २० प्रतिशत शेयर खरिदबिक्रीको सम्झौतामा हस्ताक्षर भएको हो। लागनी बोर्ड नेपालको अनुमतिपछि कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म ८४.१ किलोमिटर लामो केबलकार निर्माण गर्न लागेको मुक्तिनाथ दर्शन प्रालिका प्रबन्ध सञ्चालक सापकोटाले बताए। उनका अनुसार उक्त केबलकारको घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेतीमा चढाउने उतार्ने स्टेशन रहने छन्।
तिखेढुंगा, घाँसा र मार्फामा पनि चढ्ने उतार्ने सुविधा हुने आइडिया फर नेपालका निर्देशक शिरोमणि दवाडीले बताए। उनका अनुसार उक्त परियोजनाको प्रारम्भिक प्रतिवेदन र सम्भाव्यता अध्ययन कार्य सम्पन्न भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को कार्य द्रूत गतिमा अघि बढाइएको छ। उक्त परियोजनाको निर्माण लागत ४३ अर्ब रुपैयाँ अनुमान गरिएको छ, जसको १५ प्रतिशत इक्विटी पूँजी र बाँकी २५ प्रतिशत कर्जा रहने कम्पनीले जनाएको छ।
४५ देशका दुई हजारभन्दा बढी गैरआवासीय नेपाली र चिनियाँ व्यवसायीहरूको समेत लगानी रहेको आइडिया फर नेपालले कृषि, भौतिक पूर्वाधार पर्यटन तथा प्रविधिका विविध २० वटा नेपालका परियोजनामा लगानी गर्दै आएको छ।
केबलकार इक्विटी लगानी आइडिया फर नेपाल मुक्तिनाथ दर्शन प्रालि