News

प्रतिनिधिसभाबाट कर्मचारी समायोजन विधेयक पारित

प्रतिनिधिसभाबाट कर्मचारी समायोजन विधेयक पारित

काठमाडौं : संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित गरेको छ।

 

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गर्नु भएको सो विधेयक बहुमतले पारित गरिएको हो। विधेयकमा प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीहरुको संघका सरुवा हुन नपाउने व्यवस्था गरिएको छ।

 

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले सो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा व्यापक छलफल भई सर्वसम्मतिले पारित भएकाले यसमा कुनै समस्या नरहेको दावी गरे। उनले सो विधेयकले कर्मचारीहरूको वृत्ति विकासमा कुनै समस्या नपार्ने पनि बताएका थिए।

 

विधेयकमाथिको छलफलमा भाग लिँदै प्रेम सुवाल, सरिता गिरीलगायतका सांसदहरुले स्थानीय तहको स्वीकृति विना नै विधेयक तयार गरेको भन्दै फिर्ता लिन माग गरेका थिए।

कर्मचारी समायोजन

विशेष