News

आतंकवादी संगठनको रकम आइएनजिओमा, सुक्ष्म निगरानीमा राख्न सुझाव

आतंकवादी संगठनको रकम आइएनजिओमा, सुक्ष्म निगरानीमा राख्न सुझाव

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनजीओले अन्तर्राष्ट्रिय खुफिया एजेन्सी आइएसआइएस संगठनमार्फत अबौं रुपैया भित्र्याएरहेको हुन सक्ने आशंका गरेको छ। आइएनजीओबाट भित्रिने अबौं रुपैया अपारदर्शी रहेको र स्रोत खुल्न नसकेको भन्दै आयोगले सबै आइएनजीओलाई सुक्ष्म निगरानीमा राखी अध्ययन गर्न सरकारलाई सुझाब दिएको छ।

 

सरकराले समाज कल्याण परिषदमा देखिएको अनियमितता र विकृतिबारे छानबिन गर्न पूर्वमुख्य न्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँच सदस्यीस्य उच्चीतरीय जाँचबुझ आयोग गठन गरेको हो। १८ साउन २०७५ मा गठन भएको सो आयोगले आफ्नो प्रतिवेदन केहि दिनअघिमात्रै सरकारलाई बुझाएको छ।

 

आयोगले गत एक वर्षमा नेपालमा रहेका आइएनजीओले विभिन्न परियोजना र कार्यक्रको नाममा ४२ अब रुपैयाँ भित्र्याएको समेत औँल्याएको छ। आयोगका अनुसार नेपालमा हाल २५० आइएनजीओ छन्। यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

समाज कल्याण परिषद् एनजिओ–आइएनजिओ

विशेष