News अपराध सुरक्षा

कञ्चनपुरबाट थप साढे पाँच किलो सुन बरामद

कञ्चनपुरबाट थप साढे पाँच किलो सुन बरामद

काठमाडौं । १८ किलो सुन बारमद भएको १५ घण्टा नबित्दै प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट बिहीबार राति थप साढे पाँच किलो सुन बरामद भएको छ। शुक्लाफाँटा–११ झलारीमा लक्ष्मण तिरुवाको घरमा लुकाइराखेको ५ किलो ६ सय ग्राम (३४ बिष्कुट) सुन बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बरामद गरेको हो। 

 

यसअघि बिहीबार बिहान ११ बजेतिर कञ्चनपुरको पुनर्वास नगरपालिका-२ दशरथ बस्तीबाट १८ किलो सुनसहित कैलालीमा कार्यरत प्रहरी सुरज तिरुवालाई पक्राउ गरेको थियो। बिहीबार राति तिरुवाका दाजु लक्ष्मणको घर झलारीबाट थप साढे ५ किलो सुन बरामद गरेको हो। उक्त सुन भारतबाट नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। तिरुवा दाजुभाइलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

सुन तस्करी

विशेष