News

पाठकको घूस प्रकरण : कार्यालय अख्तियार, अखडा तीनकुने

पाठकको घूस प्रकरण : कार्यालय अख्तियार, अखडा तीनकुने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ । पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यहाँ राखेर विभिन्न पक्षसँग मोलमोलाई गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो ।

 

‘उहाँका बारेमा अनेत गुनासा आएपछि हाम्रो सुरक्षाकर्मीको टोलीले केही समय निगरानी गरेको थियो, ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुले विभिन्न व्यक्तिलाई धम्क्याउने , रकम उठाउने लगायत काम गरिरहेको खुल्यो । केही कर्मचारी हाम्रो निगरानीमा छन् ।’ उक्त अखडामा तीन व्यक्तिले काम गरिरहेका थिए । तीमध्ये एक जना नापी विभाग र अर्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । तेस्रो व्यक्ति नापीका पूर्वकर्मचारी हुन् ।  यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनारायण पाठक

विशेष