News प्रदेश ५

प्रदेश ५ मा आज सार्वजनिक विदा 

प्रदेश ५ मा आज सार्वजनिक विदा 

दाङ । प्रदेश ५ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । प्रदेशसभा स्थापनाको वर्ष दिन पुगेको अवसरमा शुक्रबार सार्वजनिक बिदा  निर्णय भएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत माधव शर्माले जानकारी दिए । स्थापना दिवसको पूर्वसन्ध्यामा बिहिबार राजमार्ग केन्द्रित सरसफाई कार्यक्रम आयोजनासमेत गरेको थियो । 

 

प्रदेश ५ भित्र पर्ने तराईका ६ जिल्लामा राजमार्ग केन्द्रित सरसफाई गरिएको हो । प्रदेश ५ सभा स्थापना भएको दिवसको अवसरमा राजमार्ग केन्द्रित सरसफाई अभियान थालिएको हो । राजमार्गको दाङ खण्डमा स्थानीय पालिकासँगको सहकार्यमा सरसफाई गरिएको छ ।

 

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा पूर्वमा दाउन्नेदेखि पश्चिममा चिसापानी कर्णाली सम्मको राजमार्ग सफा गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा राजमार्ग सफा गर्नु भयो, भने अन्य मन्त्री र सांसदहरु राजमार्गको विभिन्न ठाउँमा  पुगेका छन् । 

 

सार्वजनिक विदा

विशेष