News

हुम्लामा आठौं पटक हिमपात, तापक्रम माइनस १७ डिग्री

हुम्लामा आठौं पटक हिमपात, तापक्रम माइनस १७ डिग्री

सिमकोट । हुम्लामा फेरि हिमपात सुरु भएको छ । बिहीबार दिउसो  आकाशमा बादल लागे पनि बेलुकाबाट भने हिउँ पर्न सुरु भएको हो । हिपपात सुरु भएसँगै राति तापक्रम माईनस १७ डिग्रीसम्म पुगेको थियो । पानीका धारामा पानी जमेको छ । बजारमा मानिसको आउजाउ बिहान सात बजेसम्म सुनसान छ ।

 

सिमकोट बजार बन्द जस्तै देखिएको छ । हिमपातसंगै बाक्लो कुहिरो लागेपछि अन्धकार जस्तो देखिएको छ । जमिनमा करिब आधा फिट हिउँ जमेको छ । अहिले पनि हिउँ पर्ने क्रम जारी छ । रात भरि बाक्लो हिउँ परेकोे हुँदा यसबाट सचेत रहन सुरक्षा निकायहरुले सबै नागरिकलाई आग्रह गरेको छ

 

उत्तरी हुम्लामा अझै बाक्लो हिमपात भएको छ । यो हिमपात शनिबारसम्म पर्ने वेयदर डटकमहरुले देखाएका छन् । अघिल्लो हिउँ नपग्लेको अवस्थामा पुनः हुम्ला सेताम्मे देखिएको छ । यस वर्ष हुम्लामा आठौं पटक हिउँ परेको हो ।

हिमपात हुम्ला

विशेष