News

सशस्त्रमा रोकिएको बढुवा प्रक्रिया सुरु, डिएसपी र एसपीमा बढुवा हुन आह्वान

सशस्त्रमा रोकिएको बढुवा प्रक्रिया सुरु, डिएसपी र एसपीमा बढुवा हुन आह्वान

काठमाडौं  । सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ।  सशस्त्र प्रहरी बल नेपालका अनुसार बिहीबार प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि आवेदन दिन सूचनासमेत जारी गरेको हो ।

 

प्राविधिक र साधारण दुवै समूहतर्फका प्रहरी निरीक्षक र डीएसपीको बढुवाका लागि आवेदन दिन आह्वान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । जसअनुसार कानुन, स्वास्थ्य, सञ्चार तथा इञ्जिनियरिङसहित साधारण समूहतर्फ एसपी र साधारण समूहबाट डीएसपी हुन योग्यता पुगेकाहरुलाई आवेदन दिन भनिएको छ। जारी सूचनामा बढुवाका लागि आवश्यक शैक्षिक प्रमाण पत्रसहित बढुवा प्रायोजनका लागि आवश्यक कागज पत्रसहितको आवेदन बढुवा सिफारिस समितिमा बुझाउनु पर्ने छ।   

सशस्त्र प्रहरी बल बढुवा प्रक्रिया

विशेष