वाइडबडी प्रकरणका दोषीलाई जोगाउन छानबिन समिति : कांग्रेस नेता श्रेष्ठ

वाइडबडी प्रकरणका दोषीलाई जोगाउन छानबिन समिति : कांग्रेस नेता श्रेष्ठ

स्याङ्जा । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांगेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन् । 

 

सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताए । वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा श्रेष्ठले भने, 'कम्युनिष्ट सरकार गठन भएको एक वर्ष भयो, मुलुकमा महँगी र भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ, सरकारले ठूला माछा समाउन सकेको छैन ।' निर्वाचनमा कांग्रेस पराजित हुनुको कारण कसैलाई दोष नलगाउने भन्दै उनले आफ्नैका कारण हार बेहोर्नुपरेको बताए। 

 

कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाल समृद्धिको नाममा छट्पटाइरहेको बताए । महोत्सव अवधिभर पाँच लाख बढी दर्शकले अवलोकन गरेका छन् भने २० करोड बढीको आर्थिक कारोवार भएको संघका अध्यक्ष एवं आयोजक मूलसमिति संयोजक शोभाकान्त पौडेलले जानकारी दिए । माघ १७ गतेदेखि शुरु भएको महोत्सव माघ २८ गतेसम्मका लागि आयोजना गरिए पनि वर्षाका कारण दुई दिन स्थगन हँदै तीन दिन थप गरी शुक्रबार समापन गरिएको हो ।

वाइडबडी विमान गोपालमान श्रेष्ठ

संम्बधित खबर

विशेष