News

आजको मौसम : हल्का वर्षा र मध्यम खालको हिमपात

आजको मौसम : हल्का वर्षा र मध्यम खालको हिमपात

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभरि नै शनिबार हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावका कारण आइतबार मुलुकको अधिकांश भागमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको जानकारी दिइन। मुलुकको पूर्वी हिमाली भूभागको केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको उनले बताए। उनका अनुसार आइतबारबाट क्रमशः मौसममा सुधार आउने भए पनि पूर्वी पहाडी भूभागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। 

 

शुक्रबार काठमाडौंको अधिकतम तापक्रम १९.६ डिग्री र न्यूनतम तापक्रम ९.६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ। शनिबार बिहान ९.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने दिउँसो २० देखि २० डिग्री सेल्सियस तापक्रम पुग्ने अनुमान महाशाखाको छ। महाशाखाले शनिबार रातिको तापक्रम ७.९ डिग्री सेल्सियसमा झर्ने जनाएको छ।

मौसम

विशेष