News

आवासीय चिकित्सकहरूको शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप, १७ चिकित्सक पक्राउ

आवासीय चिकित्सकहरूको शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप, १७ चिकित्सक पक्राउ

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्दै शिक्षण अस्पतालमा धर्ना दिइरहेका आवसीय चिकित्सकहरूमाथि प्रहरीले धरपकड गरेको छ। शुक्रबार केसीले अनशन बस्दै आएको शिक्षण अस्पताल परिसरमा रहेको गणेशमान सिंह भवनको प्रांगणमा शान्तिपूर्ण र्‍याली गरिरहेका आवसीय चिकित्सकहरूमाथि प्रहरीले धरपकड गरेको हो।

 

डा. केसीको समर्थनमा आवासीय चिकित्सकले निकालेको र्‍यालीमा प्रहरीको हस्तक्षप गरी १७ चिकित्सकहरू पक्राउ गरेको छ। हाल उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डव लगिएको शिक्षण अस्पतालका आवसीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले बताए। उनले शान्तपूर्ण धर्ना दिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर १७ जना चिकित्सकहरूलाई पक्राउ गरेको बताए। उनले भने 'हामीले सरको जीवन रक्षाको लागि शान्तिपूर्ण धर्ना दिइरहेको बेलामा प्रहरीले गिरफ्तार गरेको हो।'

प्रकाउ पर्ने‍मा रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष  डा. सुमित पान्डेसहित डाक्टरहरू विशाल अग्रवाल, अमित शर्मा, हेमन्त बास्तोला, बद्री अर्याल, राजन लामिछाने, सिद्धार्थ भन्डारी, उपमा श्रेष्ठ, कविता मानन्धर, अमिर श्रेष्ठ, आकाश शेर्पाली, आनन्द सिंह, पदम जोशी, समीर चापागाईं, विश्वराज तिम्सिना, अपूर्व आचार्यलगायत अन्य विद्यार्थीहरू रहेका छन्।

 

विगत २४ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको मागलाई समर्थन गर्दै उनीहरूले सरकारविरुद्ध धर्ना दिएका हुन्। आफूसँग भइका पूर्वसम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै डा केसीले इलामबाट १६ औँ अनशन सुरु गरेका थिए। लामो अनशनका कारण डा. केसीको स्वास्थ्यअवस्था गम्भीर भएको भन्दै उनका समर्थकहरूले चिन्ता व्यक्त गरेका छन्।

प्राडा गोविन्द केसी आवासीय चिकित्सक

विशेष