कोलकात्ताबाट आउने कन्टेनरमा इसिटीएस प्रणाली लागू, अब कन्टेनर दुवानीमा सहजता
काठमाडौं । भारत सरकारले अप्रत्यक्ष कर तथा भन्सार केन्द्रीय बोर्डले कोलकात्ता/हल्दिया बन्दरगाहबाट नेपालतर्फ आउने मालबाहक कन्टेनरका लागि ‘इलेक्ट्रोनिक कार्गो ट्रयाकिङप्रणाली’(इसिटिएस) लागू गरेको छ । उक्त प्रणालीले कन्टेनर ढुवानीलाई सहज बनाउने भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतको कोलकात्ता/हल्दियाबाट रक्सौल हुँदै वीरगञ्ज तथा बथानाहा हुँदै विराटनगर आउने रेलमार्गमा यो प्रणाली लागू गरिएको हो । यसअघि अगस्ट २०१८ मा विशाखापट्टनम बन्दरगाहबाट नेपालतर्फ आउने कन्टेनरमा पनि यस्तै प्रविधि लागू गरिएको थियो ।
नेपाल भारतबीचको भन्सार पारवहनलाई सहजीकरण तथा स्वचालित पद्धतिबाट सञ्चालन गर्ने तर्फ यो एक महत्वपूर्ण कदम मानिएको छ । यो प्रणालीको प्रारम्भसँगै नेपाली व्यापारीहरूले झेल्दै आएको कागजी झन्झट हटेको छ । इसिटिएसअन्तर्गत विशेष ट्रयाकिङ प्रणाली जडित विद्युतीय सिल प्रयोग गरि कन्टेनरलाई सिल गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार यस प्रणालीले सुरक्षित ढुवानी, सरल सीमा पक्रिया, कम समय तथा कारोबार शुल्क तथा पारर्दी ढुवानीको सुनिश्चितता प्रदान गर्ने हुनाले यसबाट नेपाली व्यापारी पर्याप्त मात्रामा लाभान्वित हुनेछन् ।
कोलकात्ता