News

पूर्वयुवराज शाहलाई आज डिस्चार्ज गरिँदै

पूर्वयुवराज शाहलाई आज डिस्चार्ज गरिँदै

काठमाडौं । हृदयाघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारस शाह शुक्रबार डिस्चार्ज हुने भएका छन् । गत माग १४ गते अस्पताल भर्ना भइ उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि शुक्रबार डिस्चार्ज गरिन लागेको अस्पताल स्रोतले जनाएको छ ।

 

अस्पताल स्रोतका अनुसार शाह क्याविनमा यताउति हिँड्डुल गर्नुका साथै सामान्य क्रियाकलाप गर्न थालेका छन् । सिसियुमा भर्ना गरिएका शाहलाई दुई दिनअघि क्याबिनमा सारिएको थियो । उनको स्वास्थ्य सामान्य बन्दै गएपछि अस्पतालले डिस्चार्जको तयारी थालेको हो ।

 

शाहको उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका थिए । बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ ।

पारस शाह

विशेष