News

अस्तव्यस्त इमर्जेन्सी कक्ष, बिरामीको सेवा प्रवाहमा अस्पताललाई समस्या

अस्तव्यस्त इमर्जेन्सी कक्ष, बिरामीको सेवा प्रवाहमा अस्पताललाई समस्या

काठमाडौं । सरकारी तथा सार्वजनिक अस्पतालमा बिरामीको अत्यधिक चाप बढ्दा सहज सेवा प्रवाहमा बाधा पुगेको छ। आकस्मिक उपचार कक्ष (इमर्जेन्सी) मा त बिरामीको चाप झन् थेगिनसक्नु देखिन्छ। काठमाडौं उपत्यकाका सरकारी अस्पतालका आकस्मिक कक्षमा धान्नै नसक्ने गरी बिरामीको चाप बढ्दा व्यवस्थापन र उपचारमा समस्या भएको छ। बिरामीको चाप बढ्दा आकस्मिक कक्षमा शैय्यासमेत उपलब्ध गराउन अस्पतालहरूलाई मुस्किल परेको छ।

 

इमर्जेन्सी कक्षमा बिरामीलाई सामान्यतः ६ घन्टासम्म राखेर उपचार गर्नुपर्ने हुन्छ। इमर्जेन्सी कक्षमा शड्ढया अभावमा बिरामीलाई ६ घन्टा राखेर उपचार दिन सकिएको छैन। कुनैकुनै अस्पतालमा त इमर्जेन्सीमा भर्ना रामी एक सातासम्म त्यहीं रहन्छन्। यस्तो समस्या वीर र त्रिवि शिक्षण अस्पतालमा बढी पाइएको छ।

 

यस्तो समस्या आउनुको कारण के हो त ? वीर अस्पताल इमर्जेन्सी विभागका डा. केदार सेन्चुरी भन्छन्, ‘सरकारी अस्पतालको उपचारमा बिरामीले विश्वास गर्ने र सेवा सर्वसुलभ भएकाले भर्ना भएका बिरामी अन्त जान मान्दैनन्। अस्पतालका अन्य शाखाका शड्ढया खाली नहुँदा पनि बिरामीलाई लामो समयसम्म इमर्जेन्सीमा राखेर उपचार गर्नुपर्छ।’ उनका अनुसार इमर्जेन्सी कक्षमा भर्ना भएका बेवारिसे बिरामीका कारण पनि समस्या भएको छ। बिरामीको चापले गर्दा एउटा शड्ढयामा दुई–तीनजना बिरामीसमेत राखेर उपचार गर्नुपरेको छ। यो खबर आजको नागरिक दैनिकबाट लिएको हो।

वीर अस्पताल इमर्जेन्सी कक्ष

विशेष