विदेश

जागिरबाट निकाल्दा आफ्नै साथीमाथि गोलीको वर्षा

जागिरबाट निकाल्दा आफ्नै साथीमाथि गोलीको वर्षा

एजेन्सी । अमेरिकामा एक व्यक्तिले जागिरबाट निकालेपछि आवेगमा आएर पाँच जना सहकर्मीको गोली हानी हत्या गरेका छन्। अमेरिकाको इलिनान्ट स्टेसका ती व्यक्तिलाई जब जागिरबाट निकालिएको नोटिस आयो, तब उनी आवेगमा आएर आफूसँग रहेका पाँच जना सहकर्मीमाथि गोली बर्साए।

 

उनका साथीहरूको घटनास्थलमै मृत्यु भएको थियो भने सरक्षाकर्मीको जवाफी कार्वाहीमा ती व्यक्तिको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमलेहरूले जनाएका छन्। ती व्यक्तिलाई नियन्त्रण लिन प्रयासमा पाँच जना सुरक्षाकर्मी पनि घाइते भएको बताइएको छ।

 

ती व्यक्तिको शानाखत गैरी मार्टिनको रूपमा भएको छ। गैरी हेनरी प्रैट कम्पनीमा काम गर्दै आएका थिए। गैरीले जागिरबाट निकालेपछि पेस्तोल लिएर आएकी त्योभन्दा पहिले नै उनीसँग पेस्तोल थियो भन्ने बारे अहिले नै केही भन्न नसकिने एक प्रहरी अधिकारीले बताए। प्रत्यक्षदर्शीका अनुसार गैरी कम्पनीको विल्डिङमा बन्दुक लिएर दौडिरहेको देखिन्थे।

 

प्रहरीले उनका बारेमा सोधपुच्छ गरिरहेको छ। सन् १९९५ अदालतले उनलाई द्वन्द्व भड्काएको आरोपमा दोषी ठहर गरेको थियो। अमेरिकामा दोषी ठहर गरेको व्यक्तिको बन्दुकको लाइसेन्स रद्द गरिने व्यवस्था छ। तर उनीसँग बन्दुक कसरी आयो भन्ने अहिलेसम्म खुल्न सकेको प्रहरी अधिकारीहरूले बताएका छन्।

अमेरिका बन्दुक

विशेष