विदेश मनोरञ्जन

जम्मु काश्मिरमा मारिएका सैनिकका परिवारलाई दुई लाख सहयोग गर्ने अमिताभको घोषणा

जम्मु काश्मिरमा मारिएका सैनिकका परिवारलाई दुई लाख सहयोग गर्ने अमिताभको घोषणा

भारतीय स्वाशासित क्षेत्र जम्मु काश्मिरको पुलवामामा ४० जना सुरक्षाकर्मीको ज्यान जाने गरि भएको आत्मघाती हमलाले अहिले भारत शोकमा डुबेको छ। जसका कारणले अहिले भातर र पाकिस्तानको सम्बन्धपनि चिसिएको छ भने विश्वभरबाट उक्त घटनाको भर्त्सना भइरहेको छ।

 

यसैबीच भारतीय कलाकारहरुले हमलामा मारिएका सैनिक जवानहरुलाई आ-आफ्ना तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अमिताभ बच्चनले पनि काश्मिर हमलामा मारिएका सैनिक जवानका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन् । अमिताभले मारिएका प्रत्येक सैनिक परिवारलाई पाँच–पाँच लाख भारु दिने घोषणा गरेका हुन् । अमिताभ यसका लागि सरकारी सहायत लिइरहेका छन् ।

 

अमिताभले कूल २ करोड २५ लाख भारुको सहयोग राशिको घोषणा गरेका छन् । यो राशी ४० सैनिक जवानको परिवारलाई दिइनेछ । अमिताभका प्रवक्ताले भारतीय समाचार एजेन्सीलाई अमिताभले प्रत्येक शहिद परिवारलाई ५–५ लाख भारुको आर्थिक सहायता प्रदान गर्ने जानकारी दिएका छन् । उनले यो सहयोगका लागि उचित प्रक्रियाको खोजी गरिरहेको पनि बताए ।

 

बिहीबार भएको हमलामा ४० सुरक्षाकर्मीको ज्यान गरेको हो। एक हमलाकारीले विष्फोटक पदार्थले भरिएको गाडीले सुरक्षाकर्मी सवार बसलाई ठक्कर दिएका थिए। उक्त ठक्करबाट ठूलो विस्फोटको आवाजसहित गाडी चकनाचुर भएको थियो।

अमिताभ बच्चन जम्मु कश्मिर हमला

विशेष