News

पशुपति शर्माको प्रतिबन्धित गीत 'लुट्न सके लुट कान्छा' माइतीघरमा बजाइने

पशुपति शर्माको प्रतिबन्धित गीत 'लुट्न सके लुट कान्छा' माइतीघरमा बजाइने

काठमाडौं । स्वतन्त्र नागरिक समूहले पशुपति शर्माको प्रतिबन्धित गीत 'लुट्न सके लुट कान्छा' सार्वजनिक स्थानमा बजाउने भएको छ। आइतबार साँझ ५ बजे स्पिकर राखेर माइतीघरमा उक्त गीत बजाउने कार्यक्रम राखिएको हो।

 

वर्तमान सरकारको कडा आलोचना गरिएको उक्त गीत सार्वजनिक भएको तीन दिनमै सरकारले प्रतिबन्ध लगाएको हो। आम स्रोता दर्शकहरू खुबै रुचाएको उक्त गीत सार्वजनिक भएको तेस्रो दिनमै युट्युब ट्रेन्डिङ ९ नम्बरमा पुग्न सफल भएको थियो। अहिले उक्त गीत इन्टरनेटमा तीव्र रूपमा शेयर भइरहेको छ।

 

सरकारको कडा आलोचना गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठनले युवा संघले शनिबार विज्ञप्ति निकाल्दै उक्त गीतलाई युट्युबबाट हटाउन धम्की दिएपछि शर्माले गीतलाई हटाएका थिए। गीतलाई उनको आधिकारिक च्यानलबाट हटाएपनि अन्य सामाजिक प्रयोगकर्ताले अपलोड गरेर भाइरल बनाएका छन्। गीतमा गायक शर्माले भ्रष्टाचारीले जे गर्दा पनि हुने, सुन काण्ड वाडडबडी काण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई हेलिकोप्टर लगायतका विषयमा तीव्र व्यांग्य प्रस्तुत गरेका छन्। उक्त गीत वर्तमान सरकारको एक वर्ष पुगेको सेरेफेरोमा निस्किएको हो।

पशुपति शर्मा गीत

विशेष