भुइँमा सुत्नुका अपत्यारिला फाइदा, थाहा पाएर अच्चम पर्नुहुने छ

भुइँमा सुत्नुका अपत्यारिला फाइदा, थाहा पाएर अच्चम पर्नुहुने छ

ढाड दुखाइदेखि लिएर साँस र मेरूदण्डका अनेकौँ समस्याको कारण हो गद्दा । विज्ञहरूका अनुसार यस्ता गद्दा ढाड घोटिनेदेखि शरीरका हाडहरू तल/माथि हुनुका साथै गलत ठाउँमा आउने कारण पनि बन्छन्।

 

पुरानो जनमानामा मानिसहरूलाई ढाड तथा मेरुदण्डको समस्या एकदमै कम हुन्थ्यो किनकि त्यतिबलाका मानिसहरु भुइँमा सुत्थे । तर आज समय बदलिएको छ । अहिलेका मानिसहरू बाक्लाबाक्ला गद्दा वा मखमलका डसनामा सुत्ने गर्दछन्। जसले गर्दा उनीहरूलाई तमाम किसिमका समस्याहरू आउने गरेका छन्।

 

यी साधनले सुत्न सहजता भए पनि स्वास्थ्यलाई भने नराम्रो असर पारिरहेका छन्। विज्ञहरूका अनुसार जमिनमा ढाडको बलमा सुत्दा स्वास्थ्यलाई फाइदा हुने गर्दछ। आउनुहोस् जनौँ भुइँमा सुत्दा कुनकुन स्वास्थ्यसम्बन्धी समस्या सधैँका लागि टाढा भाग्छन्:

 

मेरुदण्डको दुखाइ : भुइँमा सुत्दा मेरुदण्डको दुखाइबाट छुट्कारा पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। अचम्म मान्नु पर्दैन भुइँमा सुत्दा मेरुदण्डको हड्डी सिधा हुन्छ र आराम मिल्छ जसले गर्दा यसको दुखाईमा विस्तारै कमी आउँदै जान्छ। जबकि गद्दामा सुत्दा आनन्द त आउँछ तर त्यसले मेरुदण्ड र ढाड आराम दिँदैन ।

 

साससम्बन्धी समस्या : भुइँमा सुत्दा सास सम्बन्धी समस्या पनि ठाढा भाग्छ । यदि तपाईंलाई साससम्बन्धी समस्या छ भने डसनाबिना चटाइमा भुइँमा सतेर हेर्नुहोस् केही दिनमा तपाईंमा भएको साससम्बन्धी विस्तारै हराउँदै जान्छन्।

 

निद्रासम्बन्धी समस्या : गद्दा नरम हुन्छ त्यसैले यसमा सुत्दा मजा आउँछ नै तर राम्रोसँग निद्रा नपर्न सक्छ । यदि तपाईंलाई राम्रोसँग निद्रा पर्दैन भने भुइँमा सुत्नु नै उचित हुन्छ । यसो गर्दा तपाईंको निद्रासम्बन्धी समस्याबाट सधैँका लागि छुटकारा पाउन सक्नुहुने छ।

 

काँध तथा पिठ्युसम्बन्धी समस्या : भुइँ सुत्दा हुने अर्को फाइदा भनेको काँध र पिठ्युको दुखाइ कम हुन्। गद्दा सुत्दा हाम्रो शरीर मजाले तन्किन पाउँदैन जसले गर्दा हाम्रो मांसपेशी खुम्चिएकै अवस्थामा रहन्छन्। हड्डी पनि नतन्किदा दुखाइको महसुस हुन्छ । त्यसैले भुइँमा सुत्दा यी यावत समस्याबाट छुटकारा पाउन सकिन्छ।

 

यसका अन्य फाइदा पनि छन्। भुइँमा सुत्दा हाम्रो शरीरको तापक्रम नियन्त्रित हुन्छ । साथै मुइँमा सुत्दा ब्लड सर्कुलेनशमा पनि राम्रो हुने विज्ञहरू बताउँछन्।

निद्रा

संम्बधित खबर

विशेष