News व्यापार अर्थ देश

तत्काल सल्टिने भएन व्याजदरको मुद्दा, मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत सम्बोधन गरिने

तत्काल सल्टिने भएन व्याजदरको मुद्दा, मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत सम्बोधन गरिने

काठमाडौं । व्यवासयी र बैंक तथा वित्तिय सस्थानहरुबीच उठेको व्याजदरको मुद्दा तत्काल नसल्टिने भएको छ ।

सरकारले ब्याजदरको सन्दर्भमा वित्तीय बजार र व्यवसायीक क्षेत्रमा देखिएको अन्योलता चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत सम्बोधन गर्ने भएपछि यस्तो अवस्था आएको हो । 

सोमबार अर्थमन्त्रालयमा सरकार र व्यवसायीबीच भएको छलफलका क्रममा यस्तो जानकारी गराईएको छ ।

 

आजै बस्ने राष्ट्र बैंकको संचालक समितिको बैठकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा पारित गर्ने भएको छ । 
ब्याजदर नियन्त्रण गर्न व्यवसायीले राखेको माग मौद्रिक नीतिको समक्षिा मार्फत सम्बोधन हुनेमा व्यवसायी आशावादी देखिएका छन् ।

 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले आवश्यक पहल चाल्नेमा व्यवसायी आशावादी रहेको बताईन ।

 

राष्ट्र बैंकले बैंकहरुलाई कर्जाको ब्याजदर घटाउन निर्देशन दिने संकेत राष्ट्र बैंकबाट मिलेको उल्लेख गर्दे उनले आजै बस्ने राष्ट्र बैंक संञ्चालक समितिबाट निर्णय हुने विश्वास व्यक्त गरिन । व्यवसायीले ब्याजदरमा सन्दर्भमा उठाएका मुद्दा सम्बोधन गर्न गभर्नर नेपाल सकारात्मक रहेको उनको भनाई छ ।

 

आज बस्ने राष्ट्र बैंक संचालक समितिको बैठकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक गर्ने मिति तय गर्ने पनि बताईएको छ ।

सोमबार बढ्दो व्याजदरलाई कसरी नियन्त्रण गर्ने भन्ने बिषयमा अर्थमन्त्रालय भएको बैठकमा व्यावसायी व्यवसायीबीच नै चर्काचर्की परेको थियो । बैंक व्याज दरको बिषयमा नेपाल उद्योग बाणिज्य महासंघले उठाएको मुद्दालाई नेपाल परिसंघका प्रतिनिधिहरुले औचित्यहीन भनेपछि दुबैपक्षबिच चर्काचर्की भएको हो ।

अर्थ मन्त्रालय

विशेष