आजदेखि सहसचिव समायोजन
काठमाडौं । आजदेखि स्वास्थ्यसेवाका एघारौं तहका कर्मचारीसहितका सहसचिवले समायोजन पत्र पाउने भएका छन् । सरकारले ६६२ सहसचिवको समायोजन गर्ने निर्णय लिएको थियो । तीमध्ये प्राविधिक १ सय २ सहसचिवको प्रदेश र प्रदेशअन्तर्गतका कार्यालयमा समायोजन गरिएको छ ।
५६ सचिव (विशिष्ट श्रेणी) ले माघमै समायोजन पत्र पाइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।
सहसचिव समायोजन