विदेश

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्प सिफारिस

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्प सिफारिस

एजेन्सी । जापानी प्रधानमन्त्री सिन्जो अबेले सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपतिलाई सिफारिस गरेका छन् । जापानी सञ्चारमाध्यमका अनुसार अमेरिकाको अनुरोधमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिफारिस गरिएको हो ।समाचार संस्था रोयटर्सले जनाएअनुसार ट्रम्पलाई कोरियाली द्वीपमा शान्ति स्थापनाका लागि गरेको महत्त्वपूर्ण प्रयासका लागि ट्रम्पलाई पुरस्कारका लागि सिफारिस गरिएको हो । गत वर्षको जुनमा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग शिखर बैठक गरेका थिए ।

 

अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार जापानी प्रधानमन्त्री अबेले आफ्नो नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको बताएपछि समाचार सार्वजनिक भएको हो । अबेले नोबेल शान्ति पुरस्कार समितिलाई पठाएको ५ पेज लामो पत्रको प्रतिलिपि आफूलाई पठाएको ट्रम्पले जनाएका छन् । पत्रमा जापानी नेताले वासिङटन र प्योङयाङबीचको तनाव शान्त बनाउन खेलेको योगदानको प्रशंसासमेत गरेका छन् ।
 

राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कार जापानी प्रधानमन्त्री सिन्जो अबे

विशेष