News

स्वास्थ्य र शिक्षामा एनजिओको ४ अर्ब खर्च, प्रगति न्यून

स्वास्थ्य र शिक्षामा एनजिओको ४ अर्ब खर्च, प्रगति न्यून

काठमाडौं । नेपालका गैरसरकारी संस्था (एनजिओ) हरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा मात्रै गत वर्ष चार अर्व रुपैयाँ वढि खर्च गरेका छन् । एनजिओले स्वास्थ्य र शिक्षामा त्यति ठूलो रकम खर्च गरेको भएपनि त्यसको उपलब्धि भने न्यून देखिएको छ । देशभर रहेका दुई सय ९६ गैरसरकारी संघ संस्थाहरुले चार अर्ब ३५ करोड ३९ लाख ९५ हजार तीन सय ६४ रुपैयाँ खर्चेको समाज कल्याण परिषद्को तथ्याकंले देखाउँछ । तर, त्यसको अनुगमन प्रभावकारी हुन सकेको छैन ।

 

एनजिओले खर्च गरेको त्यति ठूलो रकम कहा र कसरी खर्च गरेको छ भन्नेमा सरकारी निकाय पनि वेखबर जस्तै छ । एनजिओले स्वास्थ्य र शिक्षामा अरर्वौ रुपैया खर्च गरेपनि दुर्गम र विकट गाउका वासिन्दा र विपन्न बालवालिकाका का लागि एनजिओको रकम र कार्यक्रम ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो हुने गरेको छ । रकम पारदर्शी समेत वन्न नसक्दा सुशासन माथिनै प्रश्न चिन्ह खडा भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव वीर बहादुर राइले हाल सम्म एनजिओले गरेको कार्यक्रम र खर्चका बारेमा प्रभावकारी अनुगमन हुन नसकेको स्वीकारे । अव भने सबै एनजिओको बजेट र कार्यक्रमबा वारेमा प्रभावकारी अनुगमन गर्ने गरि नया योजना आवश्यक रहेको उनले बताए । 

 

गैरसरकारी संस्थाहरुले करोडौ बजेट पारेपनि संस्थाहरुको उपलव्धी नदेखिएको सरोकारवालाहरु ले नै बताउने गरेका छन् । लक्षित वर्गमा पुग्ने गरी कागजी योजना कोरीएपनि प्रभाबित व्यक्ति कहाँ अधिकांश गैरसरकारी संस्थाहरुले छुट्याएको बजेट नपुगेको देखिएको छ । स्वास्थ्य शिर्षकमा एक सय एक संघसंस्थाहरुले एक अर्व २३ करोड ३९ लाख ४५ हजार सात सय तीस रुपैंया खर्च गरेको समाज कल्याण परिषद्ले जानकारी दिएको छ ।

 

यस्तै, शिक्षा शिर्षकमा मात्रै एक सय ७७ संस्थाहरुले दुइ अर्व ८५ करोड ७६ लाख ४२ हजार पाँच सय ६७ रुपैंया खर्च गरेको देखिएको छ । यसैगरी शिक्षा र स्वास्थ्य दुवैमा अठार वटा संस्थाहरुले २६ करोड २४ लाख सात हजार ६७ रुपैंया खर्च गरेका छन् । ती गैरसरकारी संस्थाहरुले ५० हजार रुपैंया देखि १० करोड रुपैंया सम्म बजेट पारेका छन् । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

गैरसरकारी संस्था एनजिओ स्वास्थ्य र शिक्षा

विशेष