विदेश

काश्मीरको पलुवामा झडप, फेरि ४ भारतीय सुरक्षाकर्मीको मृत्यु

काश्मीरको पलुवामा झडप, फेरि ४ भारतीय सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । भारत प्रशासित काश्मीरको पलुवामा झडप हुँदा चारजना भारतीय सैनिकको ज्यान गएको छ । पलुवा जिल्लाको पिंगलाने क्षेत्रमा भारतीय सुरक्षाकर्मीको सर्च अभियानका क्रममा एक मेजरसहित चारजनाको ज्यान गएको हो ।

 

 चरमपन्थी लुकेको सूचना पाएपछि खोजी अभियानका लागि गएको सुरक्षाकर्मीको संयुक्त फौजले कारबाही थाल्नासाथ आक्रमण हुँदा चारजनाको ज्यान गएको र एकजना घाइते भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर अझै सेनाको कारबाही चलिरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी प्रवक्ता मनोज कुमारले जानकारी दिएको बीबीसीले लेखेको छ । गएको विहीबार भारतीय सुरक्षाकर्मी चढेको गाडीमा भएको कार बम विष्फोटमा ४० सुरक्षाकर्मीको ज्यान गएपछि पलुवा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले खोजी अभियान चलाइरहेका छन् ।  

काश्मीर पलुवा

विशेष