ब्रिटिस सांसदले भने, 'फेसबुक डिजिटल ग्यांस्टार', कडा निगरानीमा राख्न सरकारलाई निर्देशन
एजेन्सी । ब्रिटिश सांसदले सोमबार जारी गरेको एक प्रतिवेदनमा फेसबुकले ब्रिटनमा जानीजानी व्यक्तिगत तथ्यांकसम्बन्धी र प्रतिस्पर्धा विरोधी कानुनको उल्लंघनका आरोप लगाएको छ। सामाजिक सञ्जालमा 'फेक न्युज र भ्रामक जानकारी'सम्बन्धी यो रिपोर्ट १८ महिनाको खोज-अनुसन्धानपछि तयारी गरिएको हो।
रिपोर्टमा सामाजिक सञ्जाल कम्पनीलाई कडा निगरानीमा राख्न अपिल गर्दै ब्रिटनका सांसदहरूले कम्पनीलाई 'डिजिटल ग्यांस्टार'को संज्ञा दिएका छन्। प्रतिवेदन तयार गर्ने संसदीय समितिका अनुसार समाजिक सञ्जाल कम्पनीका वेबसाइटलाई अनिवार्य रूपमा आचार संहिताको पालना गर्नुका साथै अहितकर तथा अवैध सामग्रीलाई राम्रोसँग नियन्त्रण गर्नका लागि एउटा स्वतन्त्र नियामकद्वारा उनीहरूमाथि निगरानी पनि गर्न आवश्यक छ। उक्त प्रतिवेदनमा फेसबुक कम्पनीलाई विशेषगरि भनिएको छ, 'फेसबुक साइटको संरचना यस्तो प्रकारले डिजाइन गरिएको छ जसमा विशिष्ट फैसलाका लागि ज्ञान वा जिम्मेवारी लुकाउन सकिन्छ।'
फेसबुकले जानीजानी व्यक्तिगत तथ्यांक र प्रतिस्पर्धात्मकतासम्बन्धी कानुन उल्लंघन गरेको स्पष्ट छ। संसदको मिडिया समितिको प्रतिवेदन फेसबुक सिइओ मार्क जुकरबर्गमाथि ब्रिटिस संसदको अपमान गरेको पनि आरोप लगाइएको छ। उनीहरूको भनाइअनुसार जुकरबर्गलाई धेरै पटक समितिसामु पेस हुन आग्रह गरियो तर उनी आएनन्। उनले फेसबुक सम्बन्धमा पठाएको इ-मेलको पनि कुनै जवाफ नफर्काकएको ब्रिटेनी सांसदहरूको आरोप छ।
गुगल र फेसबुक जस्ता कम्पनीहरूसँग डिजिटल करको तयारी
न्युजिल्याण्ड सरकारले फेसबुक र गुगलजस्ता अनलाइन कम्पनीहरूमाथि नयाँ कर लगाउने योजनाको घोषणा गरेका छ। सरकारका अनुसार अनलाइन कम्पनीहरू यहाँबाट मनग्य पैसा कमाउँछन् तर उनीहरूले कर भुक्तान गर्दैनन्। न्युजिल्यान्डका प्रधानमन्त्री जेसिंडा अरडर्नले आय र करबीच ठूलो अन्तर देखिएकाले त्यसलाई कम गर्न आवश्यक देखिएको बताए।
उनले प्रस्तावित डिजिटर सेवा करअनुसार बहुराष्ट्रिय अनलाइन कम्पनीहरूले न्युजिल्यान्ड सरकारलाई कमाइको लगभगत २ देखि ३ प्रतिशत करका रूपमा तिर्नुपर्ने बताए । यो कर अन्यदेशअनुरूप रहेको उनको भनाइ छ। राजस्वमन्त्री स्टुअर्ट न्याशले विदेशी अनलाइन कम्पनीहरूलाई स्थानीय कम्पनीहरूबाट प्रतिस्पर्धात्मक लाभ मिलरहेको छ । उनले उक्त कर अर्को वर्षदेखि लागू हुने बताए ।
फेसबुक ब्रिटेन