News

पूर्वआइजिपीको ५२ हजारको साइकल हरायो, डिएसपीले चोरलाई फकाउन थाले...

पूर्वआइजिपीको ५२ हजारको साइकल हरायो, डिएसपीले चोरलाई फकाउन थाले...


काठमाडौं । हिँडाइ र कुदाइबाट भन्दा साइकल चलाएर ज्यान तन्दरुस्त राख्नेमा पर्छन् पूर्वप्रधानसेनापति गौरवशमशेर राणा र सशस्त्रका पूर्वआइजिपी सिंहबहादुर श्रेष्ठहरु । यो साताचाहिँ सिंहबहादुरकाका लागि साइकलकै कारण तनावयुक्त बन्यो । 

 


अनामनगर, घट्टेकुलोमोडस्थित घरमै राखेको साइकल गत साता हरायो । १० वर्षे प्रहरी सेवामा डिएसपी भई ०५८ सालमा सशस्त्रको एसपी बनेका सिंहबहादुरालाई थाहा थियो, पुलिसलाई अलिक तताउन सक्यो भने साइकल फेला पर्छ । अनामनगरस्थित प्रहरीवृत्तका डिएसपी काजीकुमार आचार्यलाई फोन गरेर ‘मेरो लागि यति प्रयास गरिदेऊ न भाइ’ भने । 

 


अनामनगर–घट्टेकुलोतिर हुने चोरीका घटनामा एकजना पटके चोर समातिने गरेका थिए । नाम हो, रमेश माझी । सिंहबहादुरले फोन गर्नासाथ अनामनगरको उनै पटके चोरलाई समाएर ल्याएर थुन्यो । ‘हेर कान्छा, आइजिपीको साइकल हरायो । हामीलाई पनि जागिर खान अप्ठेरो पर्छ । तँलाईथाहा छ भने खोजेर ल्या’  भन्दै डिएसपी काजीले चोरलाई फकाए । शुरुमा ‘थाहा छैन’ भन्दै थिए । तर, घुमुवाहरुले कोठाभित्र लगेर मर्मत गर्न थालेपछि एकादिनको टाइम दिनु म पत्ता लगाउछु भने । नभन्दै भोलिपल्टै हराएको साइकल अनामनगर वृत्तमा आइपुग्यो । 

 


सिंहबहादुर आफै वृत्तमा पुगेर हेर्दा चकित परे, आफ्नो साइकल जस्ताको त्यस्तै देखेर । उनले सबैभन्दा पहिले चोर भनि समातिएका रमेश माझीलाई धन्यवाद भने । ‘जाडो महिना लागेपछि दुई तीन पटक समातिएका उनको स्वास्थ्य त्यति ठीक थिएन । सिंहबहादुरले चोरलाई ‘अबदेखि नचोर है, भन्दै डिएसपीलाई भने, ‘अब यसलाई छोडिदेऊ यार ।’

 

 

सुन्दा लाग्छ कि जाबो साइकल हराउँदा आइजी भएको मान्छे किन यति धेरै चिन्तित भए होलान । तर साइकलको दुःख अर्कै छ । आइजिपी हुनुअघि नै सिंहबहादुरले ठमेलमा ५२ हजार तिरेर ट्रेक नामक उक्त साइकल किनेका हुन् । 
जनआस्था साप्ताहिकबाट  
 

विशेष