कुमारी युवतीको रगतले नुहाउने यी महिला को हुन्?

कुमारी युवतीको रगतले नुहाउने यी महिला को हुन्?

तपाईंले यस्ता कयौँ सिरियल किलरका बारेमा सुन्नु भएको होला, जसले शिलशिलाबद्ध रूपमा कयौँ व्यक्तिको ज्यान लिएका हुन सक्छन्, तर आज हामी तपाईंहरूलाई जुन महिलाका बारेमा बताउन गइरहेका छौँ उसका बारेमा थाहा पाएर तपाईंक आङ सिरिङ हुन सक्छ।

यी यस्ती महिला हुन् जसले कुमारी युवतीहरूको हत्या गरेर त्यसको ताजा रगतले नुहाउँथिन्। आखिर किन त? यसको कारण भने एकदमै अनौठो छ।

यी महिलाको नाम एलिजावजेथ बाथरी हो। यी महिला इतिहासकै सबैभन्दा खतरनाक सिरियल किलरका रूपमा विश्वभर चर्चित छिन्। एलिजाबेथ बाथरीले सन् १५८५ देखि १६१० सम्म ६०० बढी युवतीको हत्या गरेर उनीहरूको रगतले स्नान गरेको इतिहासमा भेटिन्छ।

उनले ती ६०० बढी युवतीहरूको हत्या आफ्नै महलमै गरेकी हुन्। यद्यपि एलिजाबेथ हंगेरी साम्राज्यको उच्च वर्गको बाथरी परिवारकी महिला हुन्। उनको विवाह फेरेन्क नैडिस्डी नामका व्यक्तिसँग भएको थियो। जस टर्की विरुद्धको युद्धमा हंगेरीका राष्ट्रिय हिरो थिए।

एलिजाबेथले आफ्ना श्रीमान जिउँदै छँदादेखि नै युवतीहरूलाई आफ्नो शिकार बनाउने गरेकी थिइन्। तर सन् १६०४ मा उनको मृत्युपछि उनले आफ्नो हत्याको शृंखला तीव्रता दिइन्। उनी स्लोवानियाको चास्चिसस्थित आफ्नो महलमा बस्थिन्। उनले त्यहीँ नै ती घटनाहरू घटाएको इतिहासमा उल्लेख छ।

उनको उक्त भयानक अपराधमा उनका अन्य तीन जना नोकरहरूले पनि साथ दिन्थे भन्ने भनाइ पनि छ। किनकि उनी उच्च घरानाकी महिला थिइन्। उनले वरपरका गाउँका गरिब युवतीहरूलाई उचित पैसाको लालच दिएर आफ्नो महलमा काम गर्न बोलाउँथिन् र युवतीहरू आफ्नो महलमा आउना साथ आफ्नो शिकार बनाउथिन्।

उनले बाघले जसरी आफ्नो शिकारलाई पहिला पीडा दिन्थिन्। उनीहरूमाथि मारपिट गर्थिन्, कसैको त हात आगोले जलाइदिन्थिन भने कसैको मासु नै दाँतले टोकेर निकाल्थिन् र अन्त्यमा उसको हत्या गरेर उसको रगतले जम्मा गरेर स्नान गर्थिन्। उक्त घटना र उनका बारेमा कयौँ किताबमा उल्लेख गरिएको छ।

जब वरिपरिका गाउँका गरिब परिवारका युवतीहरूको संख्या कम भयो तब उनले आफ्नो शिकार उच्च परिवारका युवतीलाई बनाउन थालेको पनि भनाइ छ। यो कुरा हंगेरीका राजाले थाहा पाए त्यसपछि उनले छानबिनका लागि निर्देशन दिए। त्यसपछि उक्त घटनाका बारेमा खुलासा भयो। छानबिन सदस्यहरूले एलिजाबेथको महलबाट कयौँ युवतीहरूको कंकाल र सुन चाँदीका गरगहना बरामद भए।

एलिजाबेथ सन् १६१० मा हत्या तथा विभिन्न अपराधको आरोपमा पक्राउ परिन्। उनलाई उनकै महलको एउटा कोठामा कैद गरियो। त्यसको चार वर्षपछि अर्थात् सन् १६१४ मा उनको मृत्यु भयो।

भनाइअनुसार एलिजाबेथ अत्यान्तै सुन्दर थिइन् र उनले आफ्नो सुन्दरतालाई सधैँ ताजा राख्न चाहान्थिन्। जसका लागि उनले ६०० भन्दा बढी कुमारी युवतीहरूको हत्या गरिन्। उनले आफ्नो सुन्दरतालाई बचाइ राख्नका लागि ती युवतीहरूको रगतले स्नान गर्थिन्। जतिबेला उनको मृत्यु भयो उनी अत्यान्तै कुरुप भएको पनि भनाइ छ।

संम्बधित खबर

विशेष