News

अब सवारी चालक अनुमतिपत्र तीन तहमा

अब सवारी चालक अनुमतिपत्र तीन तहमा

काठमाडौं । सरकारले सवारी चालक अनुमति (लाइसेन्स) तीन चरणमा विवरण गर्ने भएको छ। सवारीचालक अनुमतिपत्र तीन तहमा वर्गीकरण गरी वितरण गर्ने तयारी थालिएको हो।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको राष्ट्रिय यातायात नीति २०७५ को मस्यौदामा यो विषय समावेश गरिएको छ। मन्त्रालयले तयार गरिरहेको मस्यौदामा प्रशिक्षार्थी, परीक्षणकाल र पूर्णकालीन तहको चरणबद्ध सवारीचालक अनुमतिपत्र दिने उललेख छ। 

 

प्रशिक्षार्थी चरणमा निजी सवारीसाधन मात्र चलाउन पाउने गरी सवारीचालक अनुमतिपत्र वितरण हुनेछ भने परीक्षणकालमा हलुका सवारीसाधन मात्र चलाउन पाइनेछ। पूर्णकालीन तहमा भने यात्रुवाहक सवारी चलाउन पाउने गरी सवारीचालक अनुमतिपत्र प्राप्त हुनेछ। मन्त्रालयलका सहसचिव शिव नेपालले सार्वजनिक यातायात व्यवस्थित गर्न सवारीचालक अनुभतिपत्र वर्गीकरण गर्न लागिएको बताए। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

लाइसेन्स यातायात विभाग

विशेष