विदेश

बंगलादेशको रासायनियक गोदाममा भीषण आगलागी, कम्तिमा ५६ को मृत्यु

बंगलादेशको रासायनियक गोदाममा भीषण आगलागी, कम्तिमा ५६ को मृत्यु

बंगलादेशको एक रासायनिक गोदाममा भीषण आगलागी हुँदा कम्तिमा ५६ व्यक्तिको ज्यान गरएको छ। बंगलादेशको राजधानी ढाकामा रहेको रासायनियक गोदामको एक पुरानो भवनमा आगलागीमा ५६ जनाको ज्यान गएको हो।

 

बंगलादेशका अग्नि नियन्त्रक प्रमुख अलि अहमदका अनुसार अहिलेसम्म ५६ जनाको शव निकालिएको र त्यहाँ अझै धेरैको शव रहेको हुनसक्ने आंकलन गरिएको छ। उनीहरूको उद्धार कार्य जारी रहेको समेत अहमदले जानकारी दिए।   उक्त भवनमा सिलिण्डर विस्फोट भएर आसपासका अन्य चार भवनमा पनि आगलागी भएको अधिकारीहरूले बताए।

 

त्यहाँ कति मानिस थिए भन्ने अझै एकिन नभएको र उद्धार जारी रहेको उनीहरूको भनाइ छ। ढाका प्रहरी प्रमुखमा अनुसार ढाका मेडिकल कलेजमा ४५ भन्दा बढी घाइतेको उपचार भइरहेको बताएका छन। यसअघि सन् २०१० मा रासायनिय गोदाममा आगलागी हुँदा १२० भन्दा बढीको ज्यान गएको थियो।

भीषण आगलागी बंगलादेश

विशेष