News

मनकारी ट्याक्सी चालक, जसले साढे तीन लाख बराबरको गरगहना र नगद फिर्ता गरे

मनकारी ट्याक्सी चालक, जसले साढे तीन लाख बराबरको गरगहना र नगद फिर्ता गरे

काठमाडौं । एक ट्याक्सी चालकले यात्रुले छाडेको साढे तीन लाख बराबरको नगद र गरगहना फिर्ता गरेका छन्। बुधबार बिहान साढे ४ बजे अनामनगरबाट नैकाप जाने क्रममा बा.२ ज. २२७९ नम्बरको ट्याक्सीमा छुटेको साढे तीन लाख बराबरको गरगहना र नगद ट्याक्सी चलक आफैं ट्राफिक कार्यालय पुगेर फिर्ता गरेका हुन्।

 

धरान उपमहानगरपालिका–१९ चौकीबारीका घर भई हाल काठमाडौं भीमसेनगोला बस्ने ३८ वर्षीय सिमल राईले काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल आफैं महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ल्याई बुझाएका हुन्।

 

राईले ट्याक्सीमा छुटेको सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बुझाएका हुन्। चालक राईले बुझाएको जगद र गरगहना प्रहरीले प्रहरीले सम्बन्धित सामान धनीकी बहिनी २४ वर्षीया सोनिया भुसाललाई हस्तान्तरण गरेका हो।

ट्याक्सी चालक

विशेष