News

मानव तस्करीको आरोप लागेकी राजदूत शेर्पाको राजीनामा स्वीकृत

मानव तस्करीको आरोप लागेकी राजदूत शेर्पाको राजीनामा स्वीकृत

काठमाडौं : मानव बेचविखनको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लेक्की शेर्पाले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ।

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत शेर्पाले दिएको राजीनामा स्वीकृत भएको जानकारी दिए । मानव तस्करी, श्रम शोषणलगायत विभिन्न विवादमा परेपछि राजदूत शेर्पाले राजीनामा दिएकी हुन् । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरणसमेत सोधेको थियो ।

 

बुधबार नेपाल फर्केकी शेर्पाले शुक्रबार पदबाट राजीनामा दिएकी हुन्। उनलाई आफ्नै ड्राइभर वांचु शेर्पाले अस्ट्रेलिया लैजान्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौँ असुली गरेको आरोप लागेको थियो।

 

शेर्पालाई तत्कालीन माओवादीको कोटामा देउवा सरकारले अस्ट्रेलियाको राजदूतका लागि नियुक्त गरेको थियो। माओवादीमा प्रवेश गर्नु पूर्व उनी तत्कालीन एमालेको सामानुपातिकबाट सांसद थिइन्।

राजदूत लक्की शेर्पा

विशेष