News

शिक्षाका ४ ऐन खारेज हुँदै

शिक्षाका ४ ऐन खारेज हुँदै

काठमाडौं । शिक्षा ऐन लागू भएको ४७ वर्षपछि सो ऐन खारेज हुने भएको छ। शिक्षा ऐनसंगै ५४ वर्ष अघि बनेको छात्रवृत्ती, ३० वर्ष अघि बनेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) र २५ वर्ष अघि बनेको विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० खारेज हुन लागेका हुन् ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा ती ऐन खारेज हुने उल्लेख गरिएको छ। चार ऐन संगै विभिन्न विश्वविद्यालयका समेत गरी १३ ऐनका विभिन्न दफा खारेज हुने भएका हुन्। यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

शिक्षा ऐन खारेज

विशेष