नेपाली किसान तथा कृषि विशेषज्ञहरू भारतमा प्राङ्गारिक खेतीको तालिम लिदैँ
काठमाडौं । नेपालका २० जना किसान तथा कृषि विशेषज्ञहरूको दोस्रो टोलीले भारतको गाजियाबादस्थित नेसनल सेन्टर अफ अर्गानिक फार्मिङमा प्राङ्गारिक खेतिबारे तालिम लिदैँ छन् । भारतीय राजदूतावासले जारी गरेको विज्ञप्ती अनुसार माघ १८ देखि फागुन १८ गतेसम्म चल्ने यो तालिम ‘भारत नेपाल कृषिमा नयाँ साझेदारी’ को एक हिस्सा हो ।
वि स २०७४ चैत्रमा नेपालका प्रधानमन्त्रीको भारत भमणका क्रममा भारत तथा नेपालका प्रधानमन्त्रीद्वयले ‘भारत—नेपाल कृषिमा नयाँ साझेदारी’ को सुभारम्भ गरेका थिए । यसै साझेदारी अन्तर्गत गत कात्तिक २९ देखि मङ्सिर २८ गतेसम्म सञ्चालन भएको तालिम २० नेपली सहभागिको टोलीले सफलतापूर्वक पूरा गरेका थिए ।
भारतीय राजदूतावासद्वारा जारी विज्ञप्ती अनुसार उक्त तालिमको मुख्य उद्देश्य माटोको स्वास्थलाई सुधार गर्न, प्रमाणित प्रांगारिक खेतीलाई प्रवर्धन गर्ने, उत्पादन गुणस्तर, उत्पादकत्व, माटोको स्वास्थ्य तथा वातावरणमा प्राङ्गारिक प्रभाव वृद्धि गर्ने, जैविक मल तथा जैविक किटनासक उत्पादन इकाईको स्थापना गरी प्राङ्गारिक बीउको आपूर्तिलाई सुनिश्चित गर्ने आदि रहेको छ ।