विदेश

कश्मीर हमलापछि वलिउडमा देखिए यस्ता तरंग

कश्मीर हमलापछि वलिउडमा देखिए यस्ता तरंग

काठमाडौं । भारतको जम्मू काश्मीरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी यहीँ फागुन २ गते भएको आक्रमणमा परी कम्तिमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भयो । त्यसयता छिटपुट हिंसा भइरहेकै छन् । यो मामिलाले भारत सरकारले पाकिस्तानविरुद्ध कडा कदम चाल्ने संकेत देखाइसकेको छ । भारतको भनाइ यो हो कि – पाकिस्तानले आतंकवादी पालेको छ । 

 

आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले सोझै आरोप लगाएकोमा पाकिस्तानले सो आरोपको कडारुपमा खण्डनन् गरिसके पनि यतिबेला भारतीय मिडियामा हंगामा छ । 

 

सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण प्राय अशान्त रहँदै आएको जम्मू काश्मीरमा यो विगत दुई बर्षमा भएको सबैभन्दा ठूलो आक्रमण हो । 

 

त्यसकारण आक्रमण पाकिस्तानले गराएको भारतको आरोप थियो । आरोपको लगत्तै पाकिस्तानले आफूले उक्त आक्रमण नगरेको र ‘कुनै अनुसन्धान बिना नै हमलाको सम्बन्ध पाकिस्तानसँग भएको बताउने भारतीय मिडिया र सरकारको कुनै पनि आरोप खारेज गर्छौं ।’ भनेपछि काश्मिरमा आक्रमण गर्ने त्यहाँकै स्थानीय २१ वर्षे आदिल अहमद हो भन्ने खुलासा भयो । 

 

आदिल जैस–ए–मोहम्मदका सदस्य थिए । आदिलका बुवा गुलामले पादरी बन्ने सपना देखेका छोरालाई विगतमा सेनाले उनका साथीहरुसहित स्कूलबाट फर्कने बेला कुटपिट र दुव्र्यवहार गरेपछि कट्टर भएको दाबी गरेका छन् ।

 

उक्त घटनाले सबैभन्दा बढी बलिउडलाई तताएको छ । बलिउड स्टार सलमान खानलेमृतकका परिवारलाई सहयोग गर्दै आफ्नो बनिरहेको चलचित्र ‘नोटबुक’बाट पाकिस्तानका गायक आतिप असलमलाई निकालेका छन् । अब उक्त गीत गायक अरमान मल्लिकले गाउन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । 

 

त्यसैगरि अभिनेता अजय देवगनले आफ्नो ट्विटर अकाउन्टमार्फत फिल्म ‘टोटल धमाल’ पाकिस्तानमा रिलिज नगर्ने घोषणा गरेका छन् भने अभिनेता शबाना आजमी र जावेद अख्तरले पाकिस्तानमा हुने भनिएको साहित्यिक कार्यक्रम रद्द गरिदिए ।

 

पूर्वक्रिकेटर समेत रहेका नवजोत सिंह शिद्धूले मिडियासँगको कुराकानीमा काश्मीर आक्रमणबारे ‘केही मान्छेको करतुतका कारण पुरै देशलाई नै जिम्मेवार मान्न नहुने’ अभिव्यक्ति दिएपछि  ‘द कपिल शर्मा शो’ बाट निकालिए । यद्यपि उनले उक्त घटनाको घोर निन्दा गर्दै भनेका थिए, ‘हिंसा कुनै प्रकारले राम्रो होइन, जसले यो आक्रमण ग¥यो त्यसलाई कडा सजाय दिनुपर्छ ।’

 

आक्रमणको निन्दा गर्दै अभिनेत्री कंगना रनौतले शबाना आज्मी जस्ता व्यक्तिले नै पाकिस्तानबाट सांस्कृतिक आदान प्रदानमा लगाइएको रोकलाई तोड्नु पर्ने कुरामा आवाज उठाउने र पाकिस्तानी कलाकारहरुलाई भारतमा काम गर्न पाउनुपर्छ भन्ने पक्षमा बोल्ने गरेको आरोप लगाएकी छिन् । 
हमलापछि बदला लिने मुडमा रहेको भारतले पाकिस्तानको पानी रोक्ने चेतावनी दियो । केन्ंद्रीय मन्त्री नितिन गडकरीले ट्वीट मार्फत भारतले बाँध बनाएर नदिहरुको पानि ‘डाइभर्ट’ गरी जम्मू कश्मीर र पंजाब मा रहेका आफ्ना नागरिकका लागि सप्लाई गर्ने बताएका छ्न ।

 

अहिले भारतका काङग्रेस प्रतिपक्षिले प्रधानमन्त्री जम्मू पुलवामा भएको घटनालाईको एक हप्तापछि कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले प्रधानमन्त्रीको संवेदनशीलता माथि प्रश्न उठाउँदै काश्मीर आक्रमण पछि देश शोकाकुल भएको समय देशकोे प्रधानमन्त्री एक प्रचारको लागि एक फिल्म शुट गराइराथे । यति ठूलो आक्रमणपछि पनि प्रधानमन्त्रीले आफ्नो कार्यक्रमको  न स्थगित गरे नत राष्ट्रिय शोकको घोषणा नै भन्ने आरोप लागाएका छन् ।

 

भारतमा मुस्लिमहरुको बाहुल्यता भएको एक मात्र राज्य काश्मीरको उक्त आतंकारी घटनाले   यतिबेला भारतीय मिडियामा धेरै विवादका खबरहरुको बाढी छ । तर सत्यतथ्य पूर्ण रुपमा नजानेरै पाकिस्तान विरुद्ध हुनु,  भारतीय सर्वसाधरणदेखि कलाकार, नेता र घटनाका बारे आरोप प्रतिआरोपलाई सनसनी बनाउने मिडियाहरुको पनि गल्ती र कमजोरी स्पष्ट छ । 
 

विशेष