News

अब पोखराको पावर हाउस चोकमा पनि एन आइ सी एशिया

अब पोखराको पावर हाउस चोकमा पनि एन आइ सी एशिया

काठमाडौं । एन आइ सी एशिया बैंकले पोखराको पावर हाउस चोकमा पनि शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नं २९ स्थित उक्त चोकमा शाखाको स्थापना भएको हो । बैकंको कास्की शाखाका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उक्त समारोहको उद्घाटन गरेका थिए । 

 

उक्त बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरू, २८९ एटिएम, ३९ वटा एक्सटेक्सन काउउन्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाईको स्थापना गरिरहेको छ । यी ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भइसकेको छ । 

 

आज शुक्रबार बैकंले जारी गरेकोे विज्ञप्ती अनुसार बैकंको वासलाको आकार रु २१७ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रु १७३ अर्ब, कर्जा रु १४७ अर्ब र ग्राहकको संख्या करिब १४ लाख ५० हजार पुगेको छ । 

 

बैकंले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा पनि चाँडै र्न थप शाखा कार्यालय सञ्चालनमा ल्याउने योजना अघि सारेको विज्ञप्तीमा उल्लेख छ । 
 

एन आइ सी एशिया

विशेष