News

भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सचिवकाे सरुवा !

भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सचिवकाे सरुवा !

काठमाडौं । भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन् । गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो । 

 

मन्क्रालयमा बुधबार बिदाइ कार्यत्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री रवीन्द्र अधिकारीकै सामुन्ने बताएका हुन् । कसले दबाब दिएको भन्नेबारे उनले खुलाएनन् । सरकारले २ करोडमा खरिद गरेका बीवाईडी इलेक्ट्रिक बसलाई चीनबाट आयात गरिएको प्रमाणित नगरिदिएका कारण आफू सरुवामा परेको उनको भनाइ थियो ।

 

‘ती बस आयात गर्ने साहुले नै भन्सारमा कन्ट्री अफ ओरिजिन भारत भनेर लेखेको छ,’ उनले भने, ‘म कसरी चीनबाट आयात भएको लेख्नसक्छु !,’ आफूलाई ती इलेक्ट्रिक बस चीनबाट आयात भएको लेख्ने आधार नभएको प्रस्ट पार्दै उनले भने, मेरै प्राविधिकले ती बस आयातमा १७ वटा प्राविधिक त्रुटि देखाउँदै मिल्दैन भनेको छ, म कसरी सक्छु ?’ सचिव देवकोटाले ‘यो काम नेपालमै सबभन्दा आँटिलो निर्णय गर्ने भनिने वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले पनि गर्न नसक्ने अवस्थाको रहेको’ बताए ।  यो समाचार कान्तिपुुर दैनिकबाट लिइएको हो । 

चीन भारत सचिव कृष्णप्रसाद देवकोटा इलेक्ट्रिक बस

विशेष