विदेश

आएनएफ सन्धिबाट हात झिक्यो अमेरिकाले, रूसले शर्त उल्लंघन गरेको आरोप

आएनएफ सन्धिबाट हात झिक्यो अमेरिकाले, रूसले शर्त उल्लंघन गरेको आरोप

शीत युद्धकालीन समयमा अमेरिका र रूसबीच भएको महत्वपूर्ण मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ) बाट फिर्ता हुने घोषणा अमेरिकाले गरेको छ । अमेरिकाले सन्धिको रूसी पक्षबाट उल्लंघन भइरहँदा अमेरिकालाई यो सन्धिको पालना गर्न बाध्यकारी अवस्था नहुने बताएको छ । 

 

शनिबारदेखि लागू हुने गरी संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिका शर्त तथा नियमलाई नमान्ने र क्रमशः यसबाट फिर्ता हुने प्रक्रिया थाल्ने बताइएको छ । आइएनएफबाट फिर्ता हुने प्रक्रिया आगामी छ महिनामा पूरा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जारी एक विज्ञप्तिमा बताइएको छ । 

 

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले अमेरिकाले आइएनएफ सन्धिबाट फिर्ता हुनेगरी गरेका निर्णयको पूर्णतया समर्थन गर्ने जनाएको छ । नेटोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेटोमा सम्लग्न अमेरिका सहयोगी राष्ट्रहरूले आइएनएफबाट फिर्ता हुने निर्णयलाई पूर्णतया समर्थन गर्नेछ ।'

अमेरिका रूस

विशेष