एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इ-मेल प्रयोग
काठमाडौं । इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ- सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो । साइबर सुरक्षामा काम गर्ने एक कम्पनीले गरेको अध्ययनअनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०, आन्तरिक राजस्व विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकमका संस्थागत इमेल प्रयोग गरी एडल्ट र डेटिङ साइटमा प्रोफाइल तयार पारेको भेटिएको हो । सूचना प्रविधि सुरक्षामा कार्यरत कम्पनी ‘थ्र्रेटनिक्स’ले गरेको अध्ययनबाट सरकारी इमेलबाटै एडल्ट साइटमा प्रोफाइल बनाएको तथ्य फेला परेको हो ।
‘पदअनुसारको वा व्यक्तिगत खाता प्रयोग गरी जोक पठाउने, अश्लील, लैंगिक हिंसाजन्य सामग्री पठाउन गर्नु हुँदैन,’ निर्देशिकामा भनिएको छ, ‘निजी प्रयोजनका लागि सामाजिक सञ्जाल र अन्य कुनै पनि प्रकारको विद्युतीय माध्यममा प्रयोग गर्नु हुन्न ।’ सरकारी इमेल खातामा आएकोइमेललाई अन्य इमेल खातामा पठाउनसमेत नपाइने कडा व्यवस्था निर्देशिकामा छ ।
थ्रेटनिक्सले सन् २०१८ मा नेपालमा साइबर सुरक्षाका विषयमा तयार पारेको अध्ययन प्रतिवेदनमा यसलाई समेटिएको छ । ‘सरकारी वेबसाइटमा रहेका १० हजार बढी सरकारी इमेलको परीक्षण गर्दा केही इमेल एडल्ट र डेटिङपार्टनर खोज्ने वेबसाइटमा प्रोफाइलतयार पार्न प्रयोग गरेको भेटियो,’प्रतिवेदनमा भनिएको छ ।
‘सरकारी इमेलहरू फ्लिङ डटकम, एडल्टफ्रेन्डफाइन्डर डटकम, यूपोर्नजस्ता वेबसाइटमा प्रयोग गरेको भेटियो,’ अनुसन्धानमा संलग्न सुयस नेपाललेभने, ‘धेरै सरकारी इमेलहरू असुरक्षित रहेको पायौं ।’अनुसन्धानका क्रममा सरकारी वेबसाइटमा रहेको १० हजार बढी इमेल ठेगाना विश्लेषण गर्दा एक हजार बढी इमेलको पासवर्डसहित गोप्य सूचना चोरिएको प्रतिवेदनमा उल्लेख छ । यो खबर आजको कान्तिपुरबाट लिइएको हो।
साइबर सुरक्षा एडल्ट