News

अस्ट्रेलियामा ७४३ विद्यार्थीको भविष्य अन्योलमा, कन्सल्टेन्सी सञ्चालक बेपत्ता

अस्ट्रेलियामा ७४३ विद्यार्थीको भविष्य अन्योलमा, कन्सल्टेन्सी सञ्चालक बेपत्ता

काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

 

सम्बन्धन नै नदिएको एआइबीटी कलेजमा सबैभन्दा बढी विद्यार्थी पठाउने कन्सल्टेन्सीमा एक्सपर्ट रहेको छ । एक्सपर्टबाट मात्रै करिब २ सयको हाराहारीमा विद्यार्थी गएका छन् । त्यसपछि मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत तीन दर्जन कन्सल्टेन्सीबाट ती विद्यार्थी सिड्नीस्थित एआईबीटीमा पढ्न पुगेका हुन् ।

 

बढी कमिसन आउने लोभमा परेका ती कन्सल्टेन्सीले मनपरी रुपमा विद्यार्थी पठाउँदा समस्या देखिएको हो । अहिले एआइबीटीमा भर्ना गर्ने कन्सल्टेन्सीका अधिकांश सञ्चालकको फोन अफ रहेको छ । गलत क्रियाकलाप गरेका कारण उनीहरु फोन अफ गरी बेपत्तासरह भएका छन् । नेपालमा केही कन्सल्टेन्सीले अस्ट्रेलियामा समेत कन्सल्टेन्सी खोलेर विद्यार्थीबीच चलखेल गर्न यस्तो रणनीति अपनाएको हुन सक्ने आशंका गरिएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।

अस्ट्रेलिया नेपाली विद्यार्थी

विशेष